npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

प्रधानमन्त्रीको चासो- सम्पत्ति शुद्धीकरणको ग्रे-लिस्टबाट नेपाललाई कसरी बाहिर निकाल्ने?

नेपालन्युज 4 hours ago

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूची (ग्रे-लिस्ट) बाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिएकी छन्।

अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्व सचिव भुपाल बराल र नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलसमेतको उपस्थितिमा आइतबार प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान गर्ने निकायबाट ब्रिफिङ लिइन्।

ती निकायका प्रमुखले सम्पत्ति शुद्धीकरण कसुरमा समयमै अनुसन्धान तथा अभियोजनको प्रक्रियामा लैजाने, अपराधबाट आर्जित सम्पत्ति रोक्का र जफत गर्ने विषयमा भएको प्रगतिबारे जानकारी गराएका थिए।

त्यस क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ उपत्यकाभित्र मात्र १६ सय रोपनी जग्गा रोक्का राखेको जानकारी गराएको थियो।

Read more news from नेपाल न्युज

Explore by Source or Category