npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

हेटौँडा उपमहानगरको राजस्व २२ करोड रुपौँयाभन्दा बढी उठ्यो

पालिका ब्यूरो 2 days ago

काठमाडौं – हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु २२ करोड ४५ लाख ४९ हजार ४८५ राजस्व सङ्कलन गरेको छ ।

उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख मनोज सुवेदी का अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु २२ करोड ४३ लाख ८४ हजार ८८८ राजस्व सङ्कलन भएको थियो ।

चालु आवको सात महिनामा विभिन्न शीर्षकबाट राजस्व उठेको छ । सम्पत्ति करबाट रु ५ करोड ५४ लाख ९३ हजार १३८, घरबहाल करबाट रु ३ करोड ४४ लाख ७० हजार ७०६, नक्सापास दस्तुरबाट रु १ करोड २१ लाख २७ हजार २७, पूर्वाधार सेवा उपयोग करबाट रु २ करोड ४४ लाख ४९ हजार २४० राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी, सिफारिस दस्तुरबाट रु १ करोड ७० लाख ३९ हजार १००, बहाल बिटोरी करबाट रु १ करोड ७२ लाख ४४ हजार १४९, व्यवसाय करबाट रु १ करोड ७१ लाख २ हजार ६१६ तथा अन्य बिक्रीबाट रु ३ करोड २ लाख २३ हजार राजस्व असुल भएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले कर दायरा विस्तार, सेवा प्रवाहमा सुधार तथा राजस्व सङ्कलन प्रणाली सुदृढ गर्दै आय वृद्धि गर्ने लक्ष्य राखेको जनाएको छ ।

Read more news from PalikaNews

Explore by Source or Category