मधेश प्रदेश सभामुख यादवले लिए शपथ
Kiran Poudel
|
10 hours ago
काठमाडौँ- मधेश प्रदेशसभाका नवनिर्वाचित सभामुख रामआशिष यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।प्रदेशसभाबाट आइतबार सभामुखमा निर्वाचित भएका सभामुख यादवले शपथ लिएका हुन्। उनलाई मधेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराएका हुन्।
यसअघि आजै बसेको प्रदेशसभामा मत विभाजन प्रक्रियामार्फत उनी सभामुख निर्वाचित भएका थिए। उनको विपक्षमा एमालेका त्रिलोकी प्रसादले सभामुखमा उम्मेदवारी दिएका थिए।