npl.977 Nepal News Stream

Taksar News logo Taksar News

धरौटीमा रिहा भएपछि सभापति लामिछाने आज घण्टी घरमा प्रवेश गर्ने

टक्सार न्युज 1 day ago

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीस्थित घण्टी घरमा प्रवेश गर्ने भएका छन्।

सभापति लामिछाने साढे आठ महिनापछि पार्टी कार्यालय प्रवेश गर्न लागेका हुन्। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका उनी शुक्रबार धरौटीमा रिहा भएका थिए। बिगोबापत दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि अदालतको आदेशअनुसार उनी रिहा भएका हुन्।

पार्टी केन्द्रीय कार्यालयमा हुने स्वागत कार्यक्रममा सभापति लामिछाने सहभागी हुने र कार्यकर्तालाई सम्बोधन गर्ने तयारी रहेको रास्वपाले जनाएको छ।

यस सम्बन्धमा जानकारी दिँदै पार्टी प्रवक्ता मीनष झाले कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग अपेक्षित रहेको बताए।

Read more news from Taksar News

Explore by Source or Category