npl.977 Nepal News Stream

Himal Press logo Himal Press

बर्दिवासमा भूतपूर्व सैनिक सम्मेलन

Dhairya Kanta Dutta 2 hours ago

काठमाडौँ– महोत्तरीको बर्दिवासमा भूतपूर्व सैनिक सम्मेलन सुरू भएको छ।

‘भूतपूर्व सैनिक सम्मेलनको प्रण–सैनिक पुनर्मिलन, हितकारीको कल्याण र कोषको दिगोपन’ नारासहित बर्दिवासस्थित मध्यपूर्वी पृतनामा भूतपूर्व सैनिक सम्मेलन सञ्चालन भएको हो।

प्रधानसेनापति अशोकराज सिग्देल र अन्य दुईवटा उपकेन्द्रहरूाम ज्येष्ठ अधिकृतको प्रमुख आतिथ्यमा जारी सम्मेलनमा उक्त क्षेत्रमा बसोबास गर्ने करिब दुई हजार पाँच सय अवकाश प्राप्त सैनिक तथा परिवारजनको उपस्थिति रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

भूपू सैनिक सम्मेलनबाट सेवारत र अवकाश प्राप्त सैनिकहरू बीचको सम्बन्धलाई निरन्तरता दिँदै कल्याणकारी कोषको स्थायित्व एवं गुणात्मक सेवा प्रदान गर्न उपयुक्त तथा व्यावहारिक सुझाव संकलन गरी लाभग्राहीलाई शिक्षा, तथा स्वास्थ्यमा सघाउन मद्दत पुग्ने विश्वास जङ्गी अड्डाले व्यक्त गरेको छ।

सम्मेलनको अवसर पारेर ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ एकल महिला र चार जना भूपूका सन्तति तथा नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने एक जना अभिभावकलाई सम्मान गरिएको थियो।

मध्य पूर्वी पृतनाअन्तर्गत नेपाली सेना कल्याणकारी बोर्डको समन्वयमा सम्मेलन भएको हो। हिमाली तथा पहाडी जिल्लामा यही वैशाख ५ गते अर्को सम्मेलन हुनेछ।

Read more news from Himal Press

Explore by Source or Category