ग्लोबल आइएमई लघुवित्तले ५ प्रतिशत लाभांश दिने
Supriya Acharya
|
19 hours ago
काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश दिने भएको छ । लघुवित्तले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको हो ।
लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट ४. ७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । ग्लोबल आइएमई लघुवित्तको चुक्तापुँजी ६१ करोड ८९ लाख ४५ रुपैयाँ रहेको छ ।
कम्पनीले २ करोड ९३ लाख ९७ हजार ७५२. १४ रुपैयाँबराबरको बोनस सेयर र १५ लाख ४७ हजार २५०. ११ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।