npl.977 Nepal News Stream

Himal Press logo Himal Press

राप्रपाले यस वर्ष पनि पृथ्वी जयन्ती भव्यरूपले मनाउने, विभिन्न समिति गठन

Kiran Poudel 7 hours ago

काठमाडौँ- राप्रपाले यस वर्ष पनि पृथ्वी जयन्ती भव्य रुपले मनाउने भएको छ। ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मूल समिति गठन गरिएको छ भने विभिन्न समितिहरु गठन गरिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताएका छन्।

पृथ्वी जयन्ती समारोहका लागि राप्रपाले मञ्च व्यवस्थापन र जलपानको व्यवस्थाका लागि पार्टी केन्द्रीय सचिवालयलाई, अतिथि सत्कार र निमन्त्रणा वितरणका लागि महामन्त्री भुवन पाठकलाई, स्वयं सेवक परिचालनका लागि पार्टीको युवा संगठन, विद्यार्थी संगठन र युवा मोर्चालाई, र्‍याली र झांकीका लागि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका अध्यक्षहरु क्रमश: नवराज सिंखडा, अर्जुन कार्की र अष्ट महर्जनलाई एवं नेवा : झाँकीका लागि राजेन्द्र प्रजापती र नूरज बज्राचार्यलाई, सुरक्षा निकाय समन्वय समितिका लागि दीपक रन्जितलाई र सांस्कृतिक कार्यक्रम व्यवस्थापनको मिलन मोक्तानलाई संयोजनको जिम्मेवारी प्रदान गरेको छ।

अतिथि सत्कार समितिमा महामन्त्री भुवन पाठक संयोजक र सदस्यहरुमा श्याम बहादुर शाही, डा।जयन्तनाथ खनाल, भरत प्रसाद पाठक, वरिष्ठ अधिवक्ता राजु बस्नेत, दिनेश कार्की, आशा लामा, स्वाती थापा, खुस्बु ओली, बिना लामा, दीपक रन्जित, सुरेन्द्र बहादुर पाण्डे र सदस्य सचिवमा रहर बहादुर खड्का छन्।

यसैगरी विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउने क्रममा अन्य कार्यक्रम तय गर्न उपाध्यक्ष उद्धब पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ जसमा हिक्मतजंग कार्की, सजिना कार्की, जनकराज पाठक, आशा लामा, राजेन्द्र प्रजापति सदस्य रहेका छन्। प्रवक्ता मोहन कुमार श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय जनकराज पाठक र उद्धबराज भेटुवाल सदस्य रहेको प्रचार समिति गठन गरेको राप्रपाले जनाएको छ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राप्रपाले आदर्श पुरुष घोषणा गरेको छ। विभिन्न सरकारहरुले पृथ्वी जयन्तीका अवसरमा दिइने सार्वजनिक बिदा कटौति गर्ने गरेको भएपनि ०७९ को निर्वाचनपछि प्रचण्डको नेतृत्वमा राप्रपा सरकारमा जाँदा पृथ्वी जयन्तीको विषयलाई बटमलाइन बनाएको थियो । त्यसपछि सरकारले हरेक वर्ष पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिदै आएको छ।

Read more news from Himal Press

Explore by Source or Category