npl.977 Nepal News Stream

NepalWatch logo NepalWatch

वैदेशिक रोजगारीमा जाने जेन जी घाइते र शहीद परिवारलाई स्वास्थ्य परीक्षणमा सहुलियत प्रदान गरिने

Nepal Watch 13 hours ago

काठमाडौँ । वैदेशिक रोजगारमा जाने जेन जी आन्दोलनका घाइते तथा शहीद परिवारलाई स्वास्थ्य परीक्षणमा सहुलियत प्रदान गरिने भएको छ ।

वैदेशिक रोजगारीमा जान चाहने घाइते तथा उनीहरूका परिवारको स्वास्थ्य परीक्षणमा ५० प्रतिशत र मृतकका परिवारलाई शतप्रतिशत निःशुल्क रूपमा स्वास्थ्य परीक्षण गरिने भएको हो ।

जेन जी आन्दोलनमा सहिद तथा घाइते परिवारको एक घरका सदस्यलाई वैदेशिक रोजगारीमा जाँदा नेपाल सरकारले प्रदान गरेको पत्रको आधारमा स्वास्थ्य परीक्षणमा लाग्ने शुल्कमा सहुलियत प्रदान गरिने भएको हो ।

मेडिकल तथा ओरेन्टेशन समस्या समाधान समिति र स्वास्थ्य संस्था सञ्चालक संघ नेपालबीच भएको सहमति अनुसार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सिफारिसमा घाइतेको हकमा ५० प्रतिशत र शहीद परिवारको हकमा १०० प्रतिशत सहुलियत दरमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको हो ।

वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष समेत रहेका समिति संयोजक सुजित कुमार श्रेष्ठले स्वास्थ्य व्यवसायी संघसँग सहमति भएको बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै मात्र वैदेशिक रोजगारीमा जाने स्वास्थ्य परीक्षण शुल्कमा गरिएको वृद्धि खारेज गरेको थियो । श्रम मन्त्री राजेन्द्र भण्डारीले यसअघि गरिएको शुल्क वृद्धिको निर्णय खारेज गरेका थिए । ६ हजार ५ सयबाट बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्‍याइएको थियो ।

म्यानपावर व्यवसायीहरूले नै शुल्कबृद्दिको विरोध गरेका थिए। संघले उक्त विषयमा समिति नै गठन गरेको थियो । समिति र स्वास्थ्य संस्था संचालन संघबीच सहमति भएको हो ।

सहमति अनुसार श्रम मन्त्री भण्डारीले शुल्कबृद्दिको निर्णय खारेज गरेकोमा स्वागत गरेका छन् । निर्णय खारेज भइसकेपछि पनि केही स्वास्थ्य संस्थाले वृद्धि भएको शुल्क ९ हजार ५ सय नै कायम गर्नुपर्ने भन्दै अनावश्यक बहाना बनाइ स्वास्थ्य परीक्षण रोकेका छन् । जसले गर्दा विशेषतः मलेसिया जाने तयारीमा रहेका हजारौँ श्रमिकहरू केही दिन देखि काठमाडौँमा अलपत्र परेको श्रेष्ठले बताए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र स्वास्थ्य संस्था सञ्चालक संघ नेपाल अन्तर्गत रहेका स्वास्थ्य सस्थाहरूबीच पुरानै मूल्यमा श्रमिकको स्वास्थ्य परीक्षण गर्ने सहमति भएको श्रेष्ठले बताए ।

सरकारी निर्णयको उल्लङघन गरी बढी रकम असुल्न खोज्ने स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य परीक्षण नगर्न नगराउन समेत सबैमा अनुरोध गरेका छन् ।

साबिक बमोजिम नै सरकारले तोकेको गुणस्तरीय स्वास्थ्य परीक्षण गर्ने गराउने र कामदारको स्वास्थ्य सुरक्षासँग सम्बन्धित सर्तहरू एक आपसमा पालना गर्न दुवै संस्था सहमत भएका छन्

Read more news from NepalWatch

Explore by Source or Category