npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

विश्वकपका लागि प्रशिक्षणमा २४ खेलाडी बोलाइयो, एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका कोको?

Mukunda Ghimire 6 hours ago

काठमाडौं। आईसीसी टी-२० विश्वकपका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले फेब्रुअरि ७ देखि मार्च ८ सम्म हुने विश्वकपको तयारीका लागि प्रारम्भिक प्रशिक्षणमा खेलाडी बोलाएको हो।

अन्तिम टोली छनोटका लागि पुष सात गतेबाट प्रशिक्षण सुरु हुने क्यानले जनाएको छ।

क्यानले क्याम्पमा बोलाएका खेलाडीको सूचिमा नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सानदार प्रदर्शन गरेका केही खेलाडी पनि छन्।

लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका शेर मल्लदेखि उपविजेता टोली सुदूरपश्चिमका ओपनर ब्याटर विनोद भण्डारी र इशान पाण्डेसम्मले टोलीमा स्थान बनाएका छन्। त्यस्तै, विराटनगरको मध्यक्रममा उद्धारक बनेका बसीर अहमददेखि एनपीएलकै पहिलो ह्याट्रिक विकेट लिएका शहाब आलम सम्मले टोलीमा स्थान बनाएका छन्। त्यस्तै, एनपीएलमा कमजोर प्रदर्शन गरेका आशिफ शेख, आदिल अन्सारी र रुपेश सिंहलगायतले पनि स्थान बनाएका छन्।

यी हुन् छानिएका २४ खेलाडी

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, ईशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जी.सी., रुपेश कुमार सिंह

The post विश्वकपका लागि प्रशिक्षणमा २४ खेलाडी बोलाइयो, एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका कोको? appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category