npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

संसद् ब्यूँताउन पूरक रिट लिएर आज सर्वोच्च जाँदै कांग्रेस र एमाले

अनलाइन टीभी 1 day ago

काठमाडौं । कांग्रेस र एमाले विघटित प्रतिनिधिसभाको बहुमत सांसदको हस्ताक्षर लिएर आज सर्वोच्च अदालत जाने भएका छन् । संसद पुनः स्थापनाका लागि छुट्टाछुट्टै रिट दायर गरेका उनीहरुले बहुमत सदस्यको हस्ताक्षर जुटाएर पूरक रिट लैजान लागेका हुन्।

यस विषयमा सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेट भएको थियो। हिजोको भेटले यो मुद्दालाई थप परिपक्व बनाएको देखाएको छ। कांग्रेस सचेतक सुशीला थिङले आज पूरक रिट दर्ता गरिने जानकारी दिइन्। संसद् पुनः स्थापनाका पक्षमा कांग्रेसका ६५ भन्दा बढी पूर्वसांसदले हस्ताक्षर गरेका छन्।

कांग्रेसले औपचारिक रूपमा फागुनमा तय निर्वाचनमा जाने निर्णय गरेको थियो । तर एमाले अध्यक्ष ओलीको जोडबलमा देउवा अहिले प्रतिनिधिसभा पुनःस्थापनाका लागि कस्सिएका छन् । संसद् पुनःस्थापना भए सबैभन्दा ठूलो दलको हैसियतमा आफू प्रधानमन्त्री बन्ने उनको दाउ छ । सोही कारण निर्वाचन तयारीको साटो कांग्रेस र एमाले पुनानै संसदको शक्ति र पुरानै गठबन्धन ब्यूँत्याउन खोजिरहेका छन्।

हिजो मात्र निर्वाचन आयोगले गरेको सर्वपक्षीय छलफलका क्रममा दल र सरकार दुबै निर्वाचन र पुनःस्थापनाबारे द्विविधामा देखिएका थिए।

Read more news from Online Tv Nepal

Explore by Source or Category