Taksar News
सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न
काठमाडाैँ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशमा प्रतिनिधि सभा निर्वाचनको मतपत्र ढुवानीको काम सम्पन्न भएको छ ।
शुक्रवार निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो । बाँकि रहेका ४ वटा प्रदेशहरूमा पनि दुई दिनभित्र सकिने गरी मतपत्र ढुवानीको काम भइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताइन् ।
निर्वाचन आयोगले सबै जिल्लाहरूमा निर्वाचन सामग्रसहित मतपत्र ढुवानीको कामलाई तिब्रता दिएको हो । तोकिएको समय तालिकाभित्र सबै कामहरू सम्पन्न गर्नेगरी मतपत्र ढुवानीको काम पनि भइरहेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार र समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मत पत्र छपाई गरेको छ ।