npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

सरकारले ३८ हजार सहकारी पीडितलाई बचत फिर्ता गर्ने !, कसरी गरिँदैछ पैसाको व्यवस्थापन ?

Sudarshan Shrestha 1 day ago

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका करिब ३८ हजार बचतकर्ताको पैसा फिर्ता गर्ने भएको छ । सरकारले चक्रीय कोषमार्फत सहकारी पीडितको बचत फिर्ता गर्ने भएको हो । 

समस्याग्रस्त सहकारीमा १ लाखसम्म बचत गरेका बचतकर्ताले बचत फिर्ता गर्ने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चक्रीय कोषको परिकल्पना गरेको छ । उक्त कोषमा सरकारले २ अर्ब रुपैयाँ राख्ने र कार्यविधि अनुसार १ लाखसम्म बचत भएका बचतकर्ताको पैसा फिर्ता गर्ने प्रस्ताव मन्त्रालयको छ । 

अहिले मन्त्रालयले चक्रीय कोषको परिकल्पनासहितको कार्यविधि अर्थ मन्त्रालय पठाएको छ । हाल उक्त कार्यविधिमा अर्थ मन्त्रालयले अध्ययन गरिरहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

उक्त कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि सोही कार्यविधिमा टेकेर साना बचतकर्ताको पैसा फिर्ता गरिनेछ । हाल समस्याग्रस्त सहकारीमा एक लाखसम्म बचत भएका साना बचतकर्ताको संख्या ३७ हजार ८ सय ६ जना छ ।

साना बचतकर्ताको बचत फिर्ता गर्दा १ अर्ब ८६ करोड ८४ लाख ९६ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category