npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

आज कस्तो रहला मौसम ?

नेपाल न्युज 4 hours ago

काठमाडौँ। देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।

तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ। आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ।

देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category