RONB post
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन तोलाको २ लाख ६७ हजार नाघ्यो
RONB Post
|
12 hours ago
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ५ हजार ५ सय रुपैयाँ र २० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । सोमबार २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि सँगसँगै बढिरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ मूल्य बढेको छ । चाँदी मंगलबार ४ हजार २५५ रुपैयाँ पुगेको छ ।
The post सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन तोलाको २ लाख ६७ हजार नाघ्यो appeared first on RONB post.