npl.977 Nepal News Stream

Taksar News logo Taksar News

कांग्रेस केन्द्रीय अनुशासन समितिले पारित गर्‍यो नयाँ कार्यविधि-२०८२

टक्सार न्युज 4 hours ago

काठमाडाैँ । कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेकाे थियाे।

बैठकमा कपिलवस्तु लगायतका केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारको विरोधमा उम्मेदवारी दिने, उनका प्रस्तावक वा समर्थक हुने तथा पार्टी अनुशासन विपरीत गतिविधिमा संलग्न सदस्यहरूको विषयमा छलफल गरिएको छ।

बैठकले कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि- २०८२ पारित गर्ने निर्णय समेत गरेको छ। यस कार्यविधिले पार्टी अनुशासन कायम राख्न र सदस्यहरूको गतिविधिलाई व्यवस्थित गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

Read more news from Taksar News

Explore by Source or Category