npl.977 Nepal News Stream

Pokhara News logo Pokhara News

पोखरामा मापसे गरी बस चलाउने ५ बोर्डिङ स्कुलका चालक नियन्त्रणमा

पोखरा न्यूज 4 days ago

पोखरा, ४ फागुन ।  स्कुल बस चालकहरूले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको गुनासो बढेपछि प्रहरीले पाँच जना चालकलाई नियन्त्रणमा लिएको छ।

आज बिहान करिब ९:३० बजे पोखरा लगायत कास्कीका विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी इकाई र ट्राफिक प्रहरीको संयुक्त टोलीले स्कुल बस चालकहरूलाई मादक पदार्थ सेवन (मापसे) जाँच गरेको थियो।

जाँचका क्रममा पाँच जना स्कुल बस चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका चालकहरूमा माउन्ट हेभन बोर्डिङ स्कुलको ग १ क ३६७४ नम्बरको बस चालक पोखरा –१५ बस्ने ३३ वर्षीय आनन्द परियार, कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग १ क १३८२ नम्बरको बस चालक पोखरा -५ प्रस्याङ बस्ने ३७ वर्षीय गौतम गुरुङ र  बिन्देश्वरी बोर्डिङ स्कुलको ग १ क ६२२१ नम्बरको बस चालक पोखरा –१५ बस्ने ४४ वर्षीय भक्तबहादुर गुरुङ रहेका छन् ।

त्यसैगरी अञ्जली बोर्डिङ स्कुलको ग १ क ६४०३ नम्बरको बस चालक पोखरा –१६ बस्ने ४८ वर्षीय डम्बरबहादुर गुरुङ र एसओएस बोर्डिङ स्कुलको ग १ क ६४३३ नम्बरको बस चालक पोखरा –१० रामबजार बस्ने ४७ वर्षीय पदम विक रहेका छन्।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

The post पोखरामा मापसे गरी बस चलाउने ५ बोर्डिङ स्कुलका चालक नियन्त्रणमा appeared first on Pokhara News.

Read more news from Pokhara News

Explore by Source or Category