npl.977 Nepal News Stream

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

एमालेले सुत्केरीलाई २० हजार भत्ता दिने, ५ लाखको नि:शुल्क जीवन बीमा गर्ने !

Supriya Acharya 12 hours ago

काठमाडौँ । नेकपा एमालेले सुत्केरी महिलालाई भत्ता दिने घोषणा गरेको छ । आगामी निर्वाचनका लागि बिहीबार घोषणापत्र सार्वजनिक गर्दै एमालेले सुत्केरी महिलालाई २० हजार भत्ता दिने घोषणा गरेको हो ।

घट्दो जनसंख्या बृद्धिदरको प्रवृत्ति रोक्न सुत्केरी हुने महिलालाई प्रतिजन्म २० हजार रुपैयाँ मातृशिशु पोषण भत्ता दिने एमालेको घोषणा पत्रमा उल्लेख छ । त्यसैगरी, गर्भवती महिलालाई सुत्केरी हुनु अघि र पछि स्वास्थ्य परिक्षण गर्न प्रदान गरिँदै आएको घरदेखि स्वास्थ्य संस्थासम्मको यातायाता खर्च दोब्बर गर्ने समेत एमालेले घोषणा गरेको छ ।

भत्तासँगै गर्भवती महिलाका लागि ५ लाख रुपैयाँसम्मको नि:शुल्क जीवन बीमा गर्ने एमालेको घोषणा पत्रमा उल्लेख छ ।

Read more news from Artha Sarokar :: Nepal's No.1 Economic News

Explore by Source or Category