npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

सेभियामाथि रियल मड्रिडको जित

नेपाल न्युज 17 hours ago

काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेभियालाई पराजित गरेक छ।

गएराति भएको खेलमा रियलले सेभियालाई २–० गोलले हराएको हो।

रियलको जितमा जुड बेलिङ्घम र किलियन एम्बाप्पेले एक एक गोल गरे। खेलको ३८औँ मिनेटमा बेलिङ्घमले गोल गर्दै रियललाई पहिलो हाफ भरि १–० को अग्रता दिलाए। त्यसपछि ८६औँ मिनेटमा एम्बाप्प्ले पेनाल्टी गोल गर्दै रियलको जित पक्का गरे।

जितसँगै रियलको १८ खेलबाट ४२ अंक भएको छ। रियल लिगमा दोस्रो स्थानमा छ भने सेभियाको १७ खेलमा २० अंकसहित नवौं स्थानमा छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category