npl.977 Nepal News Stream

Taksar News logo Taksar News

मिराज ढुंगानाले वर्तमान सरकारलाई असमर्थ ठहराउँदै जेनजी आन्दोलन सुरू गर्ने घोषणा

टक्सार न्युज 14 hours ago

काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेनजी आन्दोलनको नेतृत्व गर्न असमर्थ भएको बताएका छन्। उनले सोमबार माईतीघरबाट सुरू हुने आन्दोलनको घोषणा गर्दै सर्वपक्षीय सरकारको आवश्यकतालाई जोड दिएका छन्।

ढुंगानाले जेन–जी आन्दोलन निर्वाचनको लागि मात्र नभई व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रूपान्तरणको लागि भएको बताए। तर, उनले वर्तमान सरकारले निर्वाचनमै ध्यान केन्द्रित गरेको आरोप लगाउँदै निर्वाचनलाई आन्दोलनको ठूलो उपलब्धि नठान्न आग्रह गरे। उनले भने, “आज राज्यको अनुभूति छैन। भरोसा छैन, सुरक्षा छैन, अपनत्व छैन। यही अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउन सक्छ।”

उनले देशमा समस्या समाधानमा सरकार असफल भएको अवस्थामा नेपाल बंगलादेशको जस्तो अराजकताको दिशातर्फ जान सक्ने चेतावनीसमेत दिए। ढुंगानाले प्रधानमन्त्री, गृहमन्त्री र अन्य उच्च पदस्थ अधिकारीमाथि सार्वजनिक आरोप लगाउँदै नातावाद, कृपावाद र भ्रष्टाचारको मुद्दा खोल्न नसकेको बताए।

आन्दोलन शान्तिपूर्ण हुने र यसमा रोजगारी, शासकीय सुधार, विदेशमा रहेका नागरिकलाई मताधिकार र शान्ति–सुरक्षा कायम राख्ने लगायतका माग समेटिने उनले जानकारी गराए। उनले वर्तमान सरकारले जेनजीहरूलाई विदेश पठाउनतर्फ ध्यान दिनु दुर्भाग्यपूर्ण भएको समेत बताए।

Read more news from Taksar News

Explore by Source or Category