npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

इन्द्र कमल रोक्का 17 hours ago

काठमाडौँ। गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास गरिने भएको छ । नयाँ अन्वेषण गरिएको पदमार्गले गोरखाको बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका र लमजुङ जिल्लाको दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकालाई समेट्ने जनाइएको छ ।

पदमार्ग विकास कार्ययोजनाको तयारीका लागि गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आयोजना गरिएको क्षमता अभिवृद्धि तालिमको आज समापन भएको छ । नयाँ अन्वेषण गरिएको पदमार्गको विकास, प्रवद्र्धन र व्यवस्थापनका लागि सरोकारवालाको क्षमता सुदृढ गर्ने उद्देश्यले आयोजित तीनदिने तालिममा पाँचवटै पालिकाका उपाध्यक्षहरूसहित पर्यटन उद्यमीहरू, सामुदायिक वन उपभोक्ता समूह, पशुधन उद्यमीहरू, सांस्कृतिक समूहका सदस्यहरू गरी कूल २५ जनाको सहभागिता रहेको थियो ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको दिगो पर्यटन परियोजनाको सहयोगमा आयोजित सो कार्यक्रममा पदमार्गमा आधारित पर्यटन विकास, प्रवद्र्धन र व्यवस्थापनका बारेमा छलफल भएको थियो । तालिम समापनका अवसरमा पाँच वर्षे पदमार्ग विकास, प्रवद्र्धन र व्यवस्थापन कार्ययोजना तयार गरी प्रस्तुत गरिनुका साथै २१ सदस्यीय बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किट पदमार्ग विकास, प्रवद्र्धन र व्यवस्थापन समिति गठन गरिएको छ । समितिको नेतृत्व हरेक गाउँपालिकाका उपाध्यक्षले आलोपालोका आधारमा गर्छन् भने अन्य चार पालिकाका उपाध्यक्ष, पर्यटन उद्यमीहरुसहित २० जना सदस्य रहनेछन् ।

तालिममा समापनका अवसरमा नेपाल टे«किङ एजेन्सिस एशोसिएशनका अध्यक्ष सागर पाण्डे र पाँचै गाउँपालिकाका अध्यक्षहरू, बारपाक सुलिकोट गाउँपालिकाका विष्णु भट्ट, अजिरकोट गाउँपालिकाका दीपक देवकोटा, दूधपोखरी गाउँपालिकाका धनप्रसाद, दोर्दी गाउँपालिकाका युवराज अधिकारी र मस्र्याङ्दी गाउँपालिकाका अर्जुन गुरुङले नयाँ पदमार्गको सम्भावनाका बारेमा बोलेका थिए । तालिमलाई प्राविधिक स्रोत व्यक्ति डा चेतनाथ कनेल र इञ्जिनियर कृष्ण गौतमले सहजीकरण गरेका थिए भने संयोजन टानका अम्बिर बड्र गुरुङ, युवराज लामा र सुश्री पवित्रा तामाङले गरेकी थिइन् ।

Read more news from Kendrabindu

Explore by Source or Category