नापोलीले जित्यो इटालियन सुपरकप
नेपाल न्युज
|
8 hours ago
काठमाडौं। डाभिड नेरेसको दुई गोलको मद्दतमा नापोलीले बोलोग्नालाई २–० ले हराउँदै इटालियन सुपरकप जितेको छ।
सोमबार राति साउदी अरेबियाको रियादमा सम्पन्न फाइनल भिडन्तमा नापोलीले बोलोग्नालाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो।
खेलको ३९ औं मिनेटमा डाभिड नेरेसले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ५७ औं मिनेटमा नेरेसले नै व्यक्तिगत दोस्रो गोल थपे ।
इटालियन लिग च्याम्पियन रहेको नेपोलीले इटालियन सुपरकप जितेको भने यो तेस्रो पल्ट हो। यसअघि उसले यो उपाधि सन् १९९० र २०१४ मा जितेको थियो।