सिन्धुली २ मा दाहालको लोकप्रियता कति छ ?
सिन्धुली। सिन्धुली–२ निर्वाचन क्षेत्रमा नेकपाले बलियो जनाधार कायम गरेको छ । ३८ वटा वडामध्ये गत स्थानीय निर्वाचनमा पार्टीले २० वडामा जीत हासिल गरेको तथ्यले यसको प्रमाण दिएको छ । अन्य वडामा पनि नेकपा समर्थकले न्यून मतान्तरले पराजय भोगेका थिए।
यस क्षेत्रको निर्वाचित उम्मेदवार लेखनाथ दाहाल (राजन) अघिल्लो प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित भई संसदमा प्रभावकारी भूमिका निभाएका थिए। उनले सिन्धुलीको विकासमा योगदान पु¥याएका र जनतामा विश्वास र स्नेह कमाएका छन्।
निर्वाचन प्रचारका क्रममा दाहाल जनताको घरदैलोमा पुग्दा उत्साहपूर्वक स्वागत भइरहेको छ। अघिल्लो कार्यकालमा सबै दलसँग समन्वय गर्दै विकासका काम अघि बढाएका अनुभवले उनलाई मात्र नभएर अन्य दलका समर्थकबीच पनि विश्वास दिलाएको छ।
दाहालले बाँकी रहेका योजनाहरू पूरा गर्दै समृद्ध सिन्धुली र सुशासन कायम गर्न प्रतिबद्धता जनाएका छन्। उनले भनेका छन्, “बाँकी विकास योजना पुरा गर्न, सुशासन कायम राख्न र समृद्ध राष्ट्र निर्माणमा तपाईंहरूको समर्थन आवश्यक छ । तपाईंको मतले मात्र सिन्धुली र देशको भविष्य सुनिश्चित हुनेछ।”
सिन्धुली–२ मा नेकपा र दाहालको बलियो जनाधार, कार्यदक्षता र जनसहयोगका कारण यस निर्वाचनमा विजयी हुने सम्भावना उच्च रहेको देखिन्छ।