इन्टर मिलान पराजित
एजेन्सी – च्याम्पियन्स लिग प्ले अफको पहिलो लेगमा बोडो/ग्लिम्टले इन्टर मिलानलाई ३-१ ले हराउँदै महत्वपूर्ण अग्रता बनाएको छ।
बोडोको जितमा कास्पर होघ नायक बने। उनले एक गोल गरे र दुई गोलका लागि पास दिए। खेलको २०औं मिनेटमा सोन्द्रे फेटले गोल गर्दै बोडोलाई अग्रता दिलाए।
इन्टरले ३०औं मिनेटमा फ्रान्चेस्को पिओ एस्पोसितो को गोलबाट खेल १-१ को बराबरी गर्यो । तर दोस्रो हाफमा बोडो बलियो देखियो।
६१औं मिनेटमा जेन्स पेटर हाउगेले गोल गर्दै टोलीलाई फेरि अग्रता दिलाए। त्यसको तीन मिनेटपछि होघले अर्को गोल गर्दै बोडोलाई ३-१ को जित दिलाए।
अब दोस्रो लेग इन्टरको मैदान स्टाडियो ज्यूसेप्पे मेआज्जा मा हुनेछ। अन्तिम १६ मा पुग्न इन्टरलाई कठिन चुनौती रहेको छ।
अन्य खेलको पहिलो लेगमा एट्लेटिको म्याड्रिड क्लब ब्रुगसँग ३-३ को बराबरीमा रोकियो। लेभरकुसनले ओलम्पियाकोसलाई २-० ले हरायो। न्यु क्यासलले काराबाग एफकेलाई ६-० ले पराजित गर्यो।
The post इन्टर मिलान पराजित first appeared on हाम्रो खेलकुद.