RONB post
रास्वपाको भैरहवामा हुने‘परिवर्तन उद्घोष सभा’ स्थगित
RONB Post
|
18 hours ago
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि शनिबार भैरहवामा गर्ने भनेको परिवर्तन उद्घोष सभा स्थगित गरेको छ ।
संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशेष कारणले हाललाई चुनावी सभा स्थगित गर्नुपरेको निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेशस्तरीय उक्त सभाका लागि पत्रकार सम्मेलन, प्रचार प्रसार र स्टेज निर्माणको काम समेत भइरहेको थियो ।
The post रास्वपाको भैरहवामा हुने‘परिवर्तन उद्घोष सभा’ स्थगित appeared first on RONB post.