धरहरा क्षेत्रको पार्किङको सञ्चालन अब काठमाडौं महानगरले गर्ने
इन्द्र कमल रोक्का
|
8 hours ago
काठमाडौं । सुन्धरास्थित धरहरा क्षेत्रमा निर्माण भएको सवारी साधन पार्किङको सञ्चालन र व्यवस्थापन अब काठमाडौं महानगरपालिकाले गर्ने भएको छ ।
शहरी विकास मन्त्री प्राडा कुमार इङ्नामको उपस्थितीमा बसेको मन्त्रालय महानगरको बैठकमा धरहरा क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा महानगरलाई नै दिने सहमति भएको हो । अब धरहराभित्र रहेको पार्किङ सञ्चालन र व्यवस्थापनको काम महानगर प्रहरी बलले गर्नेछ । त्यसको सुरक्षासहितका बाँकी प्रबन्ध पनि नगरप्रहरीले नै गर्ने भएको छ ।
बैठकले धरहरा क्षेत्रको सञ्चालन गर्नको लागि तत्काल र दीर्घकालीन योजना, परियोजना सञ्चालन, प्रारूप सम्बन्धमा अध्ययन विष्लेषण गर्न समिति गठनको निर्णय पनि गरेको छ ।