npl.977 Nepal News Stream

Himal Press logo Himal Press

कालिमाटीमा तरकारीको मूल्य : मटरकोसा ५५, चमसुरको साग ३० [अरू कति?]

Kiran Poudel 5 hours ago

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५०, आलु रातो प्रतिकिलो २६, आलु रातो (भारतीय) प्रतिकिलो २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८ रहेको छ।

गाजर (लोकल) प्रतिकिलो ६०, गाजर (तराई) प्रतिकिलो ५०, बन्दा (लोकल) प्रतिकिलो ५०, बन्दा (तराई) प्रतिकिलो ३५, बन्दा (नरिबल) प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो ३५, काउली स्थानीय (ज्यापू) प्रतिकिलो ५०, काउली तराई प्रतिकिलो ३५, रातो मूला प्रतिकिलो ३५, सेतो मूला (लोकल) प्रतिकिलो १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो ५५ र भन्टा डल्लो प्रतिकिलो ५५ कायम भएको छ।

मटरकोसा प्रतिकिलो ५५, घिउ सिमी (लोकल) प्रतिकिलो १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १२०, घिउ सिमी (राजमा) प्रतिकिलो १३०, टाटे सिमी प्रतिकिलो ७०, तिते करेला प्रतिकिलो १८०, घिरौँला प्रतिकिलो १४०, लौका प्रतिकिलो ९०, फर्सी पाकेको प्रतिकिलो ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो २०, हरियो फर्सी (डल्लो) प्रतिकिलो २०, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो ६५ र स्कुस प्रतिकिलो ६० कायम गरिएको छ।

रायोसाग प्रतिकिलो २५, पालुङ्गो प्रतिकेजी ३५, चमसुर प्रतिकिलो ३०, तोरीसाग प्रतिकिलो २५, मेथी प्रतिकिलो ४०, हरियो प्याज प्रतिकिलो ४०, बकुला प्रतिकिलो ६०, तल प्रतिकिलो ८०, च्याउ (कन्य) प्रतिकिलो १३०, च्याउ (डल्ले) प्रतिकिलो ४५०, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी १,००० निर्धारण गरिएको छ।

ब्रोकाउली प्रतिकिलो ५०, चुकुन्दर प्रतिकिलो ६५, सजीवन प्रतिकेजी ३००, रातो बन्दा प्रतिकिलो ८०, जिरीको साग प्रतिकिलो ६०, ग्याठकोभी प्रतिकिलो ६०, सेलरी प्रतिकिलो १८०, पार्सले प्रतिकिलो ४००, सौफको साग प्रतिकिलो ४०, पुदिना प्रतिकिलो ३५०, गान्टे मूला प्रतिकिलो ५०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १३०, तोफु प्रतिकिलो १५०, गुन्द्रुक प्रतिकिलो ३०० र खटमाटर प्रतिकेजी २८० तोकिएको छ।

Read more news from Himal Press

Explore by Source or Category