टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको नाम सार्वजनिक
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ।
यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ।
१० दिनअघि सकिएको नेपाल प्रिमियर लिग (एनपिएल) सिजन टु को प्रदर्शनका आधारमा पनि खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ।
एनपिएल शेर मल्ल, विनोद भण्डारी,भीम सार्की,अविनाश बोहरा, इशान पाण्डे, बसिर अहमद, प्रतिश जी सी,रुपेश कुमार सिंह प्रशिक्षण क्याम्पमा परेका छन्।
नेपालले भारतको मुम्बईमा आफ्नो समूह चरणका सबै खेल खेल्नेछ। नेपाल समूह सीमा इङ्ल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश, इटालीसँग रहेको छ। नेपालले माघ २५ इङ्ल्यान्डसँग खेल्दै विश्व कपको सुरुवात गर्नेछ।
क्याम्पमा २४ बोलाइएका खेलाडी

The post टि ट्वान्टी विश्वकप तयारी – २४ खेलाडीको नाम सार्वजनिक first appeared on हाम्रो खेलकुद.