npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

कस्तो छ सहकारी बैंकको कर्जा वर्गीकरण र कर्जा नोक्सानीको व्यवस्था ?

जयराम गौतम 5 hours ago

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी बैंकका लागि निर्देशन जारी गरेको छ।

उक्त निर्देशनमा सहकारी बैंकको कर्जाको वर्गीकरण र कर्जा नोक्सानीसम्बन्धी प्रावधानहरु तोकिएका छन्। जसअनुसार कर्जालाई असल, कमसल, शंकास्पद र खराब भनी वर्गीकरण गरिएको छ।

निर्देशनअनुसार भाखा ननाघेका र ३ महिनासम्म भाखा नाघेका कर्जालाई असल भनी वर्गीकरण गरिएको छ। ३ महिनादेखि बढीमा ६ महिनासम्म भाखा नाघेका कर्जालाई कमसलमा राखिएको छ।

यसैगरी ६ महिनादेखि बढीमा १ वर्षसम्म भाखा नाघेका कर्जालाई शंकास्पद र १ वर्षभन्द बढी अवधिको भाखा नाघेका कर्जालाई खराब भनी वर्गीकरण गरिएको छ।

असल वर्गमा रहेका ऋणलाई ‘सक्रिय कर्जा’ र कमसल, शंकास्पद र खराब ऋणलाई ‘निष्क्रिय कर्जा’ भनिने निर्देशनमा उल्लेख छ।

यसैगरी सहकारी बैंकले असल ऋणको १ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था निर्देशनमार्फत गरिएको छ। त्यस्तै कमसल ऋणको २५ प्रतिशत, शंकास्पद ऋणको ५० प्रतिशत र खराब ऋणको १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ।

Read more news from Insurance Khabar

Explore by Source or Category