npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

धरानमा ‘भीषण सांगीतिक साँझ’

नेपालन्युज 13 hours ago

काठमाडौँ। गायक तथा संगीतकार भीषण मुकारुङ राईको एकल गायनमा धरानमा ‘भीषण सांगीतिक साँझ’ गरिएको छ।

भोजपुर-सुनसरी सेवा समाजको भवन निर्माण सहयोगार्थ शनिबार साँझ धरानमा आयोजित कार्यक्रममा भीषणले खोर्सानी डल्ले, अँधेरीमा जुन फुल्दा, चन्द्रमुखीलगायत चर्चित गीत प्रस्तुत गरे।

अर्केस्ट्रा टोलीसहित सांगीतिक प्रस्तुति दिएका भीषणले कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक दीप श्रेष्ठको सम्मानमा उनकै गीत गाएर कार्यक्रम सुरु गरेका थिए।

कार्यक्रमबाट संकलन भएको रकम समाजको भवन निर्माणमा खर्च गरिनेछ।

Read more news from नेपाल न्युज

Explore by Source or Category