npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

रविले एमाले र कांग्रेसलाई भने- चुनाव गराउन नदिने षड्यन्त्र रास्वपाले सफल हुन दिंदैन

Basudev Timalsina 6 hours ago

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेकपा एमाले र नेपाली कांग्रेसलाई प्रतिनिधि सभा पुनर्स्थापनाको षड्यन्त्रमा नलाग्न चेतावनी दिएका छन्।

सहकारीको रकम ठगीको आरोपमा पुर्पक्षका लागि कारागारमा बसेको ८ महिनापछि थुनामुक्त भएको तेस्रो दिन आइतबार पार्टी कार्यालय पुगेका लामिछानेले अब निर्वाचनको विकल्प नरहेको भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाका लागि दौडधुप नगर्न चेतावनी दिए।

‘मैले सुनिरहेको छ संसद् पुनर्स्थापनाका लागि मानिसहरु दौडधुप गर्न थाले रे। कुन संसद् पुनर्स्थापनाको कुरा गर्न लाग्नुभएको? दुई तिहाइको दम्भ राखेर नेपालीहरुलाई बेच्नेलाई जोगाउने संसद् ब्युँझाउन खोज्नुभएको हो? कुन संसद् ब्युँताउन खोज्नुभएको तपाइँले? जनताका मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् फेरि ब्युँझाउन खोज्नुभएको? भ्रष्टाचारका काण्ड छानबिन गर्न आवाज उठाउँदा संख्याका भरमा सामसुङ पार्ने संसद् ब्यँताउन खोजेको हो?,’ उनले भने, ‘खबरदार षड्यन्त्रको श्रृंखला बन्द गर्नुहोला। आँखा धेरै नचम्काउनुहोला।’

लामिछानेले कुनै दलको नाम नदिइ निर्वाचन हुन नदिनका लागि कार्यकर्ता परिचालन स्थिति भड्काउने प्रयास भइरहेको भन्दै त्यसलाई रास्वपाले सफल हुन नदिने बताए। उनले फागुन २१ गते निर्वाचन गर्नका लागि सरकारलाई रास्वपाले साथ दिने बताए।

उनले जेनजी आन्दोलनमा भएको आमहत्यालाई कसैगरी पनि बिर्सन नसकिने बताए। ‘चुनावअघि र पछि बिर्सन नहुने कुरा, यिनीहरुले कलिला केटाकेटीको रगत पिएका छन्। त्यसैले ठूलो कुरा गर्नु ठिक हुँदैन। तिनीहरु सबैको अनुहारमा केटाकेटीको रगतको छिटा परेको छ,’ उनले भने, ‘मुलुक परिवर्तनको संघारमा उभिएको छ। जलेको सिंहदरबार त बनाउँला, सिंहदरबार बनाएर मात्रै हुँदैन। सिंहदरबार बदल्न बाँकी छ।’

The post रविले एमाले र कांग्रेसलाई भने- चुनाव गराउन नदिने षड्यन्त्र रास्वपाले सफल हुन दिंदैन appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category