npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

काठमाडौँका सबैै स्थानीय तहमा मतदाता शिक्षा सुरु

पालिका ब्यूरो 4 days ago

काठमाडौँ  :  काठमाडौँका १० निर्वाचन क्षेत्रअन्तर्गत ११ स्थानीय तहका १३८ वडामा मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले प्रत्येक वडामा एक–एक जना स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा अभियान सञ्चालन गरेको जनाएको छ ।

कार्यालयका निर्वाचन अधिकारी ठाकुर भट्टराईका अनुसार कार्यक्रम यही फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । स्वयंसेवकहरू घर–घरमा पुगेर मतदातालाई सही तरिकाले मतदान गर्ने विधि सिकाउने छन् ।

आम नागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे जानकारी दिने उद्देश्यले निर्वाचन आयोगले देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेको जनाएको छ ।

Read more news from PalikaNews

Explore by Source or Category