npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

शिक्षा प्रमाणपत्रमा मात्र सीमित हुनु हुँदैन : प्रधानमन्त्री कार्की

Saral Patrika 11 hours ago

पोखरा। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुन नहुने बताएकी छन् । पोखरा विश्वविद्यालयको २१ औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले शिक्षालाई समाजको आवश्यकताअनुसार सीप, उद्यमशीलता र नैतिकतासँग जोड्नुपर्नेमा जोड दिएकी हुन् ।

समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले विश्वविद्यालयका कार्यक्रमहरूले नवप्रवर्तन र रोजगारी सिर्जना गर्दै देशको अर्थतन्त्र सुदृढीकरणमा प्रत्यक्ष योगदान पुर्‍याउनुपर्ने बताएकी छन् । उनले भनिन्, ‘शिक्षालाई आर्थिक समृद्धि र मानव कल्याणसँग जोड्न नसकिए ज्ञान वा पाठ्यक्रम सन्दर्भहीन हुन्छ ।’

विश्वविद्यालयको अध्ययन सकिनेबित्तिकै ठुलो सङ्ख्यामा युवाहरू विदेश पलायन हुनु साझा चिन्ताको विषय भएको उनले उल्लेख गरेकी छन् । तीव्र गतिमा बदलिँदो विश्व परिवेशमा विद्यार्थीहरूले आफूलाई प्रतिस्पर्धी र सक्षम बनाउनुपर्ने उनको सुझाव छ । अबको मेहनत विश्व बजारको मागअनुसारको गुणस्तरीय जनशक्ति उत्पादनमा केन्द्रित हुनुपर्ने उनले बताएकी छन् ।

यस्तै, दीक्षार्थीहरूले प्राप्त गरेको प्रमाणपत्र रोजगारीको आधार मात्र नभई समाज र राष्ट्रका जटिल समस्याको समाधान खोज्न सक्ने क्षमताको प्रतीक हुनुपर्नेमा समेत प्रधानमन्त्री कार्कीले जोड दिएकी छन् ।

Read more news from Saral patrika

Explore by Source or Category