npl.977 Nepal News Stream

GandakNews logo GandakNews

मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान

गण्डक न्यूज 3 days ago

पोखराको मणिपाल शिक्षण अस्पताललाई पोखरा महानगरपालिकाले उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको छ ।

महानगरले आफ्नो ६७ औं स्थापना दिवसका अवसरमा बुधबार पोखरामा मणिपाललाई सम्मान गरेको हो ।

मणिपालले आर्थिक वर्ष ०८१/०८२ मा ३६ लाख १४ हजार १५ रुपैयाँ कर तिरेर सर्वाधिक कर तिर्ने व्यवसाय बनेको छ । स्थापना दिवस मूल समारोहमा मणिपालका तर्फबाट निर्देशक नारायण पौडेललाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगर प्रमुख धनराज आचार्यले सम्मान गरे ।

मणिपालपछि पोखरा ग्रान्ड प्रालिले २१ लाख ८४ हजार १ सय ८६ रुपैयाँ, महेशबहादुर भट्टराईले ११ लाख १४ हजार १ सय २६ रुपैयाँ, कर्मचारी सञ्चय कोषले १० लाख ९३ हजार ८ सय ७० रुपैयाँ, गण्डकी मेडिकल कलेजले १० लाख ३८ हजार ६ सय ११ रुपैयाँ र होटल सांग्रिला भिलेजले ६ लाख ७ हजार ५ सय ३५ रुपैयाँ कर तिरेका छन् ।

उनीहरूले मालपोत, सम्पत्ति र व्यवसाय कर बापत उक्त रकम महानगरलाई तिरेका हुन् । स्थापना दिवसकै अवसरमा नियमित कर तिर्ने करदाता पनि सम्मानित भएका छन् ।

Read more news from GandakNews

Explore by Source or Category