NepalWatch
एन्फालाई निर्वाचनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोगको निर्देशन
काठमाडौँ। निर्वाचन आयोग नेपालले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आफ्नो निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको छ।
आयोगले पत्राचारमार्फत एन्फाले आगामी निर्वाचनसँग सम्बन्धित कार्यक्रम अघि बढाएको विषयमा ध्यानाकर्षण भएको उल्लेख गर्दै अर्को सूचना जारी नभएसम्म सबै गतिविधि रोक्न भनेको हो।
यसअघि पनि सम्बन्धित निकायसँगको पत्राचार र निर्देशनपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको जानकारी प्राप्त भए पनि पुनः प्रक्रिया अगाडि बढाइएको पाइएकाले पुनः निर्देशन जारी गर्नुपरेको आयोगले जनाएको छ।
आयोगले प्रचलित निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै उल्लंघन भए कानुनी कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ।
यसअघि एन्फाले संशोधित कार्यतालिका सार्वजनिक गर्दै नयाँ नेतृत्व चयनका लागि फागुन २७ गते मतदान गर्ने योजना सार्वजनिक गरेको थियो। आयोगको पछिल्लो निर्देशनसँगै उक्त प्रक्रिया हालका लागि रोकिएको जनाइएको छ।