npl.977 Nepal News Stream

Taksar News logo Taksar News

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी

टक्सार न्युज 19 hours ago

काठमाडाैँ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौँको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

पदाधिकारीका सबै पदमा सम्पन्न निर्वाचनमा अध्यक्ष गिरीसँगै प्रथम उपाध्यक्षमा दिलिप पुरी, द्वितीय उपाध्यक्षमा ईश्वरीप्रसाद मारासिनी, सचिवमा धनञ्जय पौडेल, सहसचिवमा राजन शिवाकोटी, कोषाध्यक्षमा गोविन्द पौडेल तथा लेखा समिति संयोजकमा निषा सापकोटा निर्वाचित भएकी छन्।

यसैगरी कार्यसमिति सदस्यहरूमा दीपक लामिछाने, बुद्धि विष्ट, सुजन बराल, रविन्द्र कार्की, मदन ढकाल र उद्धव घिमिरे निर्वाचित भएका छन्। लेखा समिति सदस्यहरूमा शिव देवकोटा र राजाराम फुँयाल निर्विरोध निर्वाचित भएका थिए।

नवनिर्वाचित कार्यकारी समितिको प्रथम बैठकले अघिल्लो कार्यकालमा रचनात्मक सहयोग पुर्‍याउने सदस्यहरू मध्येबाट बाबुराम आचार्य र पदम भण्डारीलाई कार्यसमितिमा मनोनित गरेको छ।

नवनिर्वाचित अध्यक्ष विष्णुलाल गिरीले काठमाडौं जिल्लाका व्यवसायीहरूलाई एकढिक्का बनाउँदै व्यवसायीको हक–हितको पक्षमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै, विद्यालय हाताभित्रबाट अनधिकृत रूपमा बिक्री–वितरण हुँदै आएका पाठ्यपुस्तक तथा स्टेशनरी सामग्रीलाई व्यवसायीका सटरसम्म ल्याउन विशेष अभियान सञ्चालन गर्ने आफ्नो मुख्य उद्देश्य रहेको जानकारी दिएका छन्।

Read more news from Taksar News

Explore by Source or Category