npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

Prakash Timalsina 1 day ago

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ।

इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो ।

कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि बढाउँदै गरेको प्रहार गीतालाई लाग्दै गोलमा परिणत भएको थियो।

इस्ट बंगालले ३५ औं मिनेटमा अन्तर दोब्बर गर्यो । शिल्कीदेवी हनामले गोल गरेकी हुन्। सरिता युमनामको कर्नरमा आशा लताले क्रस गरेको बलमा शिल्कीले हेड मार्फत गोल गरिन् । एपिएफले खासै गतिलो आक्रमण गर्न सकेन। इन्जुरी समयमा अनिता बस्नेतको क्रममा मिना देउवाको हेडर पोष्ट नजिकबाट बाहिर गयो।

The post पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category