npl.977 Nepal News Stream

Pokhara News logo Pokhara News

फेवातालमा १८ राउन्ड गोलीसहित एसएलआर फेला

पोखरा न्यूज 1 week ago

पोखरा ०१, फागुन ।  जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको फेवातालबाट एसएलआर हतियार र गोली बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार पोखरा- १८ खपौदी स्थित तालमा माछा मार्ने क्रममा एसएलआर राइफल फेला परेको सूचना ४२ वर्षीय कुमार जलारीले प्रहरीलाई दिएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोलीले जालमा अड्किएको अवस्थामा १११ (वट) र बडी नम्बर १३८१० अंकित १ थान एसएलआर हतियार तथा सोही हतियारमा प्रयोग हुने १८ राउन्ड गोलीसहितको म्याग्जिन बरामद गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिए।

हतियारको सम्बन्धमा प्रारम्भिक अनुसन्धान पश्चात् थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

The post फेवातालमा १८ राउन्ड गोलीसहित एसएलआर फेला appeared first on Pokhara News.

Read more news from Pokhara News

Explore by Source or Category