npl.977 Nepal News Stream

KHASOKHAS logo KHASOKHAS

अमेरिकी सेनाको हमलामा ११ जना मारिए, मृतकको संख्या १४५ नाघ्यो

भवानी प्रसाद पाण्डे 2 days ago

अमेरिकी सेनाले गरेको हमलामा ११ जनाको मृत्यु भएको छ। अमेरिकी सेनाको टोलीले लागुऔषध तस्करीको आरोपमा तीनवटा नौका अर्थात् डुङ्गामा आक्रमण गर्दा ११ जना मारिएका हुन्।

अमेरिकी साउदर्न कमान्डले पूर्वी प्यासिफिक महासागर र क्यारिबियन सागरमा लागुऔषध तस्करी गरिरहेको आरोपमा तीनवटा डुङ्गामा हवाई तथा समुद्री आक्रमण गरी ११ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

साउदर्न कमान्डका अनुसार तीनवटै डुङ्गा ‘नार्को-तस्करी’ मार्गमा यात्रा गरिरहेका बेला आक्रमण गरिएको हो। यसमा पहिलो र दोस्रो नौकामा ४–४ जना र तेस्रोमा ३ जना पुरुष रहेको र सबैको मृत्यु भएको जनाइएको छ। अमेरिकी पक्षका कुनै पनि सैनिक घाइते नभएको पनि बताइएको छ।

यो आक्रमण अमेरिकामा सेप्टेम्बर २०२५ देखि चलिरहेको अभियानको हिस्सा हो। समुद्री मार्गबाट हुने लागुऔषध तस्करीलाई रोक्ने प्रयासस्वरूप अमेरिकाले यो अभियान सञ्चालन गरिरहेको छ। यस अभियानका क्रममा हालसम्म कम्तीमा १४५ जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

तर, यस आक्रमणलाई लिएर कानुनी र नैतिक विवाद पनि उत्तिकै बढेको छ। धेरै कानुनी विज्ञ र मानवअधिकार समूहहरूले यसलाई “न्यायिक प्रक्रियाबिनाको हत्या” भन्दै आलोचना गरेका छन्। अमेरिकी सरकारले भने यस्ता कारबाहीलाई “लागुऔषध तस्करी विरोधी सैन्य अभियान” का रूपमा बचाउ गर्दै आएको छ।

Read more news from KHASOKHAS

Explore by Source or Category