रास्वपाले वैदेशिक रोजगारीमा गएर रेमिटेन्स भित्र्याउने श्रमिकहरुको विशेष परिचयपत्र दिने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा पत्रमा वैदेशिक रोजगारमा गएर रेमिटेन्स पठाउने श्रमिकहरुको विशेष परिचयपत्र जारी गर्ने उल्लेख गरेको छ।
वाचा पत्रमा वैदेशिक रोजगारमा गएर विप्रेषण भित्र्याउने श्रमिहरुको योगदानको सम्मान गर्दै उनीहरुका लागि विशेष परिचपत्र जारी गर्ने उल्लेख गरिएको हो।
सो परिचयपत्रका आधारमा सरकारी स्वास्थ्य सेवा, शिक्षा तथा अन्य सामाजिक सेवामा सहुलियतको व्यवस्था हुने बताइएको छ।
साथै ,वैदेशिक रोजगारमा जाने नागरिकहरुको हित संरक्षण गर्न वैदेशिक रोजगार कम्पनीहरुलाई पारदर्शी, नियमसम्मत र पूर्ण जवाफदेही बनाउने वाचा पत्रमा उलेख्ख गरिएको छ। ठगी, अत्याधिक शुल्क असुली र झूट करार गर्ने प्रवृत्ति अन्त्यको पनि आश्वासन दिइएको छ।
दलित तथा उत्पीडित समुदायका परिवार सदस्य वैदेशिक रोजगारीमा जान इच्छुक भएमा स्थानीय तहको सिफारिस वा जामानतमा बैंकमार्फत सहुलियत पूर्णरुपमा सेवा उपलब्ध गराउने भनिएको छ।
वैदेशिक रोजगारबाट सीप र अनुभव आर्जन गरेर स्वदेशमै उत्पादनमुखी व्यवसाय संचालन गर्न चाहने उद्यमीहरुलाई ब्याजमा विशेष अनुदान ,प्राविधिक सहयोग तथा बजार पहुँच कार्यक्रम मार्फत प्रोत्साहन गर्ने वाचा पत्रमा उल्लेख गरिएको छ।
The post रास्वपाले वैदेशिक रोजगारीमा गएर रेमिटेन्स भित्र्याउने श्रमिकहरुको विशेष परिचयपत्र दिने appeared first on BIZMANDU.