npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

जयराम गौतम 2 days ago

काठमाडौं । शेयर बजार सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ को विन्दुमा झरेको छ।

बजार घट्दा नेप्से उपसमूहमा रहेको एउटा समूह बढेको छ भने बाँकी १२ वटा समूह घटेका छन्। यो दिन व्यापार समूह ०.५७ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक १.२६ प्रतिशतले घटेको छ।

आज बजारमा ५४ कम्पनीको शेयरभाउ बढेको छ भने २०० वटाको घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज साढे ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार लुम्बिनी विकास बैंकको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • लुम्बिनी विकास बैंकः १० करोड ३० लाख रुपैयाँ
  • सन नेपाल लाइफः ८ करोड २६ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः ७ करोड ३९ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः ७ करोड २९ लाख रुपैयाँ
  • सिटिजन लाइफः ७ करोड १२ लाख रुपैयाँ
  • स्वस्तिक लघुवित्तः ६ करोड २९ लाख रुपैयाँ
  • बन्दीपुर केबलकारः ६ करोड २१ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ५ करोड ८८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ५ करोड ८० लाख रुपैयाँ
  • सागर डिस्टिलरीः ५ करोड ६४ लाख रुपैयाँ
Read more news from Insurance Khabar

Explore by Source or Category