npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

हर्क साम्पाङले धमाधम आफ्नै नेतालाई कारबाही गर्न थाले, एक हप्तामै दुईजना उपाध्यक्ष परे निलम्बनमा

अनलाइन टीभी नेपाल 20 hours ago

आशमा ढकाल
पुस ६, काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्ना दुई उपाध्यक्षलाई कारबाही गरेको छ।
अध्यक्ष साम्पाङले प्रहरीको हिरासतमा रहेका उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) लाई निलम्बन गरेको ३ दिनपछि शनिबार अर्का उपाध्यक्ष डा मित्र परियारलाई पनि कारबाही गरेका हुन्।

साम्पाङले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, `श्रम संस्कृतिमा कोही सानो, कोही ठुलो हुँदैन। आज शनिबार उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सह-संयोजकलाई बोलेको अपमानजन्य बोलीका कारण आचारसंहिता उल्ल‌ंघन भएकोले नसच्चिएसम्म कारबाही गरिएको जानकारी गराउँदछु।’

शनिबार देशदौडाहा कार्यक्रमअन्तर्गत श्रम संस्कृति पार्टीले रुपन्देहीको बुटवलमा सभा आयोजना गरेको थियो। जसलाई उपाध्यक्ष परियारले पनि सम्बोधन गरेका थिए।

तर त्यस क्रममा परियार आयोजकप्रति आक्रोशित हुँदै बोलेका थिए। त्यस सम्बोधनको सार्वजनिक भिडिओमा परियार भनिरहेका छन्, ‘साथीहरू! यहाँ आयोजक साथीहरूले अलिकति मिस्टेक गर्नुभएको छ। ध्यान त्यता बोल्ने यता हुन सक्दैन साथीहरू।…म केन्द्रीय उपाध्यक्ष हो, मैले पनि बोल्न पाउनुपर्छ, ध्यान अन्त मोडिनु हुँदैन।…’

यसअघि अर्का उपाध्यक्ष तामाङलाई भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेपछि श्रम संस्कृति पार्टीले निलम्बन गरेको थियो।

उपाध्यक्ष मित्र परियारका सन्दर्भमा भने साम्पाङले सामाजिक सञ्जालमार्फत कारबाही मात्र भनेका छन्। तर कस्तो कारबाही प्रस्ट पारेका छैनन्। यद्यपि उनले ‘नसच्चिएसम्म कारबाही’ भनेकाले उपाध्यक्ष राजकुमारलाई झैँ उनलाई पनि निलम्बन गरिएको बुझ्न सकिन्छ।

Read more news from Online Tv Nepal

Explore by Source or Category