npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

रास्वपाका प्रणय राणा र नेकपाका दीपक केसी कांग्रेस प्रवेश

नेपालन्युज 6 hours ago

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रणयशमशेर राणा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का दीपक केसी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर ५ मा रास्वपाका प्रतिनिधिसभा सदस्य टिकट आकांक्षी एवं केन्द्रीय गुनासो विभाग प्रमुख राणा र नेकपाका केन्द्रीय सदस्य केसी कांग्रेस पार्टीमा प्रवेश गरेका हुन्।

द्वन्द्व व्यवस्थापनमा विद्यावारिधि गरेका राणा यसअघिको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट रास्वपाका उम्मेदवार थिए। २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राणाले पाँच हजार ४७७ मत प्राप्त गरेका थिए।

रास्वपामा टिकट वितरणको पद्धतिमा प्रश्न उठाउँदै आएका राणाले केही दिनअघि पार्टीमा विधि र पद्दति मिचिएको भन्दै रास्वपाबाट राजीनामाको घोषणा गरेका थिए। उनले रास्वपाले प्राइमरीका आधारमा उम्मेदवार चयन गर्ने भनेर शुल्क उठाए पनि पछि त्यसको बर्खिलाप गएर टिकट वितरण गरेको भन्दै उनले विरोध जनाउँदै आएका थिए।

यो पनि…

रसुवाका एमाले पूर्वअध्यक्ष ढकाल‚ पूर्वमन्त्री मानन्धरसहित नेता-कार्यकर्ता कांग्रेस प्रवेश

यसैगरी कामनपा ३ मा बलियो प्रभाव रहेका समाजवादी पार्टीका केन्द्रीय सदस्य केसी पूर्ववडाध्यक्ष पनि हुन्। वडामा प्रभावशाली केसीको कांग्रेस प्रवेशले संगठनात्मक रुपमा कांग्रेसलाई लाभ हुने ठानिएको छ।

राष्ट्रिय सभागृहमा बिहीबार आयोजित कार्यक्रममा राणा र केसीलाई सभापति गगनकुमार थापा र महामन्त्री प्रदीप पौडेलले पार्टी प्रवेश गराए।

Read more news from नेपाल न्युज

Explore by Source or Category