npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

वाणिज्य विभागले प्रिया चाट हाउस र आइ क्याफे रेष्टुरेन्टलाई तिरायो जरिबाना

Sarala Subedi 16 hours ago

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाट हाउस र रेष्टुरेन्टलाई जरिबाना तिराएको छ। विभागले आइतबार बजार अनुगमनका क्रममा २ फर्मलाई ५५ हजार रुपैयाँ जरिबाना तिराएको हो।

महाराजगंजमा रहेको प्रिया स्विट एण्ड चाट हाउसलाई ५० हजार रुपैयाँ तथा टोखामा रहेको आइ क्याफे रेष्टुरेन्ट एण्ड बारलाई ५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ।

साथै, विभागले १४ वटा व्यावसायिक फर्मलाई सामान्य निर्देशन दिइएको जानकारी दिएको छ।

The post वाणिज्य विभागले प्रिया चाट हाउस र आइ क्याफे रेष्टुरेन्टलाई तिरायो जरिबाना appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category