npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

टी-२० विश्वकपकाे सुपर ८ चरण आजदेखि सुरु हुँदै, न्युजिल्यान्ड र पाकिस्तान आमनेसामने

इन्द्र कमल रोक्का 2 hours ago

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को ‘सुपर ८’ चरण आजदेखि सुरु हुँदैछ। यस चरणको पहिलो तथा प्रतियोगिताको ४१औँ खेलमा क्रिकेटका दुई चिरपरिचित प्रतिद्वन्द्वी न्युजिल्यान्ड र पाकिस्तानबीच कोलम्बोको आर. प्रेमादासा रङ्गशालामा भिडन्त हुँदैछ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम आठमा स्थान बनाएका यी दुवै टोलीका लागि आजको खेल सेमिफाइनल यात्राका लागि निकै महत्त्वपूर्ण मानिएको छ। खेल नेपाली समय अनुसार आज साँझ ७:१५ बजे सुरू हुनेछ ।

समूह ‘ए’ बाट उपविजेता बन्दै आएको पाकिस्तान उच्च मनोबलमा छ। पछिल्लो खेलमा नामिबियामाथि १०२ रनको विशाल जित निकाल्ने क्रममा साहिबजादा फरहानले सानदार शतक प्रहार गरेका थिए। सलमान अली आगाको कप्तानीमा रहेको पाकिस्तानी टोली आफ्नो स्पिन बलिङको मद्दतले किवी ब्याटरहरूलाई रोक्ने दाउमा छ।

यता समूह ‘डी’ बाट छनोट भएको न्युजिल्यान्ड पनि सन्तुलित लयमा देखिएको छ। मिचेल सेन्टनरको कप्तानीमा रचिन रविन्द्र र ग्लेन फिलिप्सको लयले न्युजिल्यान्डको ब्याटिङ मजबुत देखिएको छ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबीच कुल ४९ खेल भएका छन् । जसमा पाकिस्तानले २४ खेलमा जित हात पार्दा न्युजिल्यान्डले २३ खेल आफ्नाे पक्षमा पारेकाे छ । बाँकी २ खेल भने नतिजा विहीन छन् ।

Read more news from Kendrabindu

Explore by Source or Category