npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

निर्धारित मितिमै निर्वाचन हुन्छ -मन्त्री घिसिङ

इन्द्र कमल रोक्का 22 hours ago

मन्थली (रामेछाप) । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।

मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं कार्यालय उद्घाटन कार्यक्रममा मन्त्री घिसिङले निर्वाचनका लागि आवश्यक तयारी भइरहको पनि बताएका हुन् । एक महिना अघि मात्र सुरु गरिएको उज्यालो नेपाल अभियान हाल पार्टीमा रुपान्तरण भई सबैतिर पुगेको उनको भनाइ थियो ।

“सत्तरी असी वर्ष पुराना पार्टीहरुलाई परास्त्र गरी बहुमत ल्याएर सरकार बनाउने ठुलो साहस यस पार्टीले गरेको छ”, उनले भने ।

जेनजी आन्दोलन पश्चात गठित सरकारमा आफु सहभागी हुने अवसर प्राप्त गरेपछि विगतका मन्त्रीहरुको भन्दा फरक तरिकाले काम गरेको उनले बताए ।

Read more news from Kendrabindu

Explore by Source or Category