npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

ओलीलाई गोली ठोक्छु भन्ने निकोलस प्रधानमन्त्रीको राजीनामा माग्दै अनसनमा

अनलाइन टीभी नेपाल 19 hours ago

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई गोली ठोक्छु भनेर अराजक अभिव्यक्ति दिने निकोलस भुसालले अनसन सुरु गरेका छन् । भुसालले मंगलबार राति १० बजेदेखि माइतीघरमा अनसन सुरु गरेका हुन् । जेनजी मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाअनुसार काम नगरेको भन्दै आन्दोलन गरिरहेको बेला भुसालले पनि आमरण अनसन थालेका हुन् ।

‘यो सरकारले चुनाव, चुनाव भनेर मात्रै हुँदैन, बालेन र रवि मिलेर केही फरक पर्दैन’, उनले भनेका छन्, ‘कि सबै एकठाउँमा आएर चुनावअघि जेनजीको माग पूरा गर्ने सहमति गरौँ, नत्र हामी सबैलाई साइड लगाउँछौँ, चुनाव हुन दिन्नौँ ।’ ओलीले केही दिनअघि एक अन्तर्वार्तामा जेनजी घटनामा ‘म बयान दिन्नँ, बरु गोली हाने हुन्छ’ भनेका थिए ।

सोही सन्दर्भमा भुसालले अनसनस्थलबाटै भनेका छन्, ‘म हान्छु गोली, अलि सुध्रिने प्रयास गर, नत्र धेरै बाँच्दैनस् ।’ सोमबार जेनजीको एक समूह प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै माइतीघरमा धर्ना दिन पुगेको थियो । जिल्ला प्रशासन कार्यालयबाट अनुमति नपाएका उनीहरुसँग भुसाल पनि देखिएका थिए ।

दिउँसो पक्राउ परेर साँझ रिहा भएका भुसाल मंगलबार फेरि माइतीघर पुगेका थिए । उनलाई प्रहरीले लौराले कुटेको थियो । तर पनि माइतीघर छाडेका छैनन् । ‘पुलिसको भाटा खाएर हिँड्नै नसक्ने भएको छु, साथीहरुले पेन किलर किनेर ल्याइदिएका छन्’, निकोलसले भनेका छन्, अब यही खाने, यही सुत्ने हो, माग पूरा भएपछि मात्र जाने, जसरी पनि माग पूरा गराउँछौँ ।’

Read more news from Online Tv Nepal

Explore by Source or Category