रास्वपा संघीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनीत, को को परे ?
अनलाइन टीभी
|
2 days ago
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीकोे संघीय नेतृत्व मञ्चमा १७ जना सदस्य मनोनीत गरेको छ । शुक्रबार बिहान बसेको पार्टी सचिवालयको आकस्मिक बैठकले मञ्चमा सदस्य मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
मनोनीत भएकाहरूमा समीक्षा बाँस्कोटा, समुद्र केसी, प्रकाशचन्द्र परियार, सुदन श्रेष्ठ, बिमला अधिकारी, आशुतोष प्रधान, रन्जु दर्शना, धनेज थापा, अजित खड्का, पवित्रा थापा, बिमल तामाङ, दामोदर नेपाल, नवराज थापा, सुरज प्रधान, रुस्तम अन्सारी, डा. सुशील शाह र शीतल भुसाल छन् ।
शुक्रबार मनोनीत भएका सबैजना विवेकशील साझा पार्टीका नेताहरू हुन् । मंसिरमा रास्वपासँग एकता भएपछि विवेकशील साझाका नेताहरूलाई संघीय नेतृत्व मञ्चमा समावेश गरिएको थिएन ।