RONB post
इस्ट बंगाल साफ महिला क्लब च्याम्पियन
RONB Post
|
1 day ago
काठमाडौं । साफ क्लब महिला च्याम्पियनसिपको उपाधि भारतको लिग च्याम्पियन इस्ट बंगालले जितेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामाभएको खेलमा घरेलु टिम एपीएफ क्लबलाई ३-० ले हराउँदै उपाधि जितेको हो ।
यससँगै साफ क्लब महिला च्याम्पियनसिपले आफ्नो पहिलो च्याम्पियनको रुपमा इस्ट बंगाल एफसीलाई पाएको छ।
इस्ट बंगाललाई प्रतियोगिताको पहिलो च्याम्पियन बनाउन कप्तान फजिला इक्वापुटले २ तथा सिल्की देवी हेममले १ गोल गरिन्।
The post इस्ट बंगाल साफ महिला क्लब च्याम्पियन appeared first on RONB post.