npl.977 Nepal News Stream

हाम्रो खेलकुद logo हाम्रो खेलकुद

सलाहको गोलमा इजिप्टको जित

Prakash Timalsina 5 hours ago

एजेन्सी – मोहमद सलाहले इन्जुरी समयमा निर्णायक गोल गरेपछि इजिप्टले जिम्बाब्वेलाई २-१ ले हराउँदै अफ्रिका कप अफ नेसन्समा विजयी सुरुवात गरेको छ।‌

अगाडिरमा भएको समूह ‘बी’ को खेलमा जिम्बाब्वेले २०औँ मिनेटमा प्रिन्स डुबेले गोल गर्दै जिम्बाब्वेलाई अग्रता दिलाए । इमानुएल जलाइको क्रसलाई डुबेले राम्रोसँग नियन्त्रण गर्दै गोल गरेका हुन्।

तर इजिप्टले दोस्रो हाफमा खेलमा फर्कियो। ६३औँ मिनेटमा ओमर मार्मुशले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए।

खेल सकिन लाग्दा इजिप्टले केही मौका गुमाए पनि इन्जुरी समयको पहिलो मिनेटमै सलाहले गोल गर्दै टोलीलाई जित दिलाए। उनले बक्सभित्र बल नियन्त्रण गर्दै गोल गरेका हुन्।

The post सलाहको गोलमा इजिप्टको जित first appeared on हाम्रो खेलकुद.

Read more news from हाम्रो खेलकुद

Explore by Source or Category