रास्वपाको संसदीय दलमा कविन्द्र बुर्लाकोटी प्रमुख सचेतक, प्रकाशचन्द्र र क्रान्तिशिखा सचेतक
Basudev Timalsina
|
16 hours ago
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री कविन्द्र बुर्लाकोटीलाई प्रमुख सचेतक बनाएको छ। गोरखा-२ बाट निर्वाचित सांसद बुर्लाकोटीलाई रास्वपाले संसदीय दलको प्रमुख सचेतक बनाएको हो।
यस्तै प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सचेतक बनाइएको छ। प्रकाशचन्द्र र क्रान्तिशिखा दुवै जना समानुपातिक सांसद हुन्।
The post रास्वपाको संसदीय दलमा कविन्द्र बुर्लाकोटी प्रमुख सचेतक, प्रकाशचन्द्र र क्रान्तिशिखा सचेतक appeared first on BIZMANDU.